३० बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका आधारभूत तथा माध्यामिक तहका आइटि स्रोत शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको छ । शुक्रबारदेखी सञ्चालित तालिम मंगलबार समापन भएको हो ।
गाउँपालिकाको आयोजनामा भएको तालिमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले कैलाश गाउँपालिकाको परिवेश भौगोलिक रूपमा विकट रहेपनि शिक्षामा क्रमिक सुधारोन्मुख अवस्था रहेको बताए । उनले यहाँका नागरिकमा चेतनाको कमी रहेको र सोही अनुरुप शिक्षकहरूले चेतना फैलाउँदै शिक्षामा सुधार ल्याउनुपर्ने बताए ।
अधिकांश निमावि र माविमा कम्प्युटर रहेको र यसको सदुपयोग गर्न र आवश्यक परे थप तालिमको व्यवस्था गर्न पालिका तयार रहेको बताए । उनले सूचना प्रविधिका साधन नरहेको विद्यालयमा गाउँपालिकाले आवश्यक समन्वय गर्ने बताए ।
कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष भूवनसिं घलानले गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी गर्दै आइरहेको बताए ।
तालिममा ४३ जना विद्यालयका प्रधानाध्यापक, स्रोत शिक्षक वा आइटि फोकल शिक्षकहरुको सहभागिता रहेको थियो । तालिमलाई होमबहादुर नेपाली र विवशजङ्ग थापाले सहजीकरण गरेका थिए भने विद्यालयको प्रशासनिक कार्यबारे गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख समीर जोशीले सहजिकरण गरेका थिए ।
कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता तथा वडा नम्बर ९ का वडाध्यक्ष भूवनसिं घलानको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशी, प्राविधिक सहायक दिपेन्द्र अधिकारी, विद्यालय स्रोत शिक्षक ध्रुवराज विष्ट लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा जीवनज्योति प्राविका प्रअ सीता मगर र भवानी माविका प्रअ बालचन्द्र मल्लले तालिममा सिकेको सीप, अनुभव, गुनासाका साथै आगामी दिनमा हुनुपर्ने सुधारका विषयमा आफ्नो भनाई राखेका थिए ।
१० असार, हेटौंडा। मकवानपुरका सबै जसो स्थानीय तहले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। जील्लाको...
१० असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजारको बजेट...
१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ७ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले...
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...
१० असार, हेटौंडा । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने...
१० असार, हेटौंडा । भिजिट भिसाको दुरुपयोग र यससँग जोडिएको मानव तस्करी तथा अनियमितताको बढ्दो गुनासोबीच सरकारले...
१० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले ...
९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...
५ असार, हेटौंडा । मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु भएको छ। महिलालाई देवरले धारिलो...
४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...
७ असार, हेटौंडा । चितवनमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये दुई जनाको पहिचान खुलेको छ। पहिचान...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका...
२८ जेठ, हेटौंडा। कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विभिन्न रोगव्यादीका साथै प्राकृतिक विपद्का...
४ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ बाट ५ जना जुवाडे पक्राउ परेका छन् ।हेटौंडा १६ गौरीटार...
३१ जेठ, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका -१५ डाईभरडाँडामा ब्रेक फेल...
७ असार, भण्डारा । चितवनको डडुवामा यात्रुवाहक बस र ईभी (भ्यान) माइक्रो एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको...