Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा स्थानीय पाठ्यपुस्तक "हाम्रो कैलाश" वितरण

FB_IMG_1747322119102-1747322261.jpg

१ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले  कक्षा ८ सम्म आफ्नो स्थानीय पाठ्यपुस्तक  "हाम्रो कैलाश"  विद्यालयलाई वितरण गरिएको छ ।विहीबार गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले विद्यालयका प्रध्यानाध्यापकहरुलाई पुस्तक वितरण गरेका हुन् ।

पुस्तक वितरण गर्दै अध्यक्ष मुुक्तानले कैलाशमा रहेका कला संस्कृति, ऐतिहासिक तथा पर्यटकीय विषयवस्तु समेटिएको पुस्तकले बालबालिकामा कैलाशबारे ज्ञान रहने बताए।उक्त पुस्तकमा स्थानीय रहन सहन, जातजातीय, कला संस्कृति, परम्परा लगायत यहाँको भौगोलिक अवस्थाबारे सबै बालबालिकामा थाहा हुने गरी विज्ञबाट पुस्तक तयार पारिएको बताए । 

उनले समग्र कैलाशको शिक्षामा सुधार ल्याउनुपर्ने बताउँदै परीक्षामा धेरै कुरामा ख्याल गर्नुपर्ने बताए । कक्षा ८ को परीक्षा समीक्षा समेत रहेकाले अध्यक्ष मुक्तानले नतिजा अनुरुप शिक्षामा गुणस्तर नभएको देखिन्छ, त्यसतर्फ शिक्षाको क्वालिटीमा सुधार ल्याउन विद्यालय प्रअहरुलाई आग्रह गरेका थिए । भौगोलिक विकटा छ, विद्यार्थी र शिक्षकहरु नै आवतजावतमा समस्या छ, त्यसमा पनि विज्ञान, गणित अंग्रेजी विषयका शिक्षक अभावमै पठनपाठन गराउनुपर्ने हाम्रो बाध्यता रहेको छ, उनले भने ।  
गाउँपालिकाले शिक्षामा पर्याप्त लगानी गर्दै आइरहेको गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताए । विद्यार्थीहरु विद्यालयमा टिकाउन हम्मेहम्मे परिरहेको अवस्थामा पनि  पालिकामा क्रमिक रुपमा शिक्षामा सुधार हुँदै आइरहेको बताए । शिक्षक अभावकै कारण कतिपय विषयगत शिक्षक बाहेकले पनि अध्यापन गराउँदै आइरहेको अवस्था छ, के गर्न भौगोलिक विकटता छ, शिक्षक आउन्न मान्दैनन्, उपाध्यक्ष मल्लले भने । 
गाउँपालिकाको १० वटा निमावि तथा मावितहका विद्यालय छन् । सोही अनुरुप कक्षा ६, ७ र ८ का विद्यार्थीका लागि हाम्रो कैलाश पुस्तक गत शैक्षिक सत्रबाट पठनपाठन सुरु भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशीले बताए । हामीले गतवर्षबाट सुरु गर्यौं, यसवर्ष पुस्तक पनि प्रकाशन भयो, अब विद्यार्थीले पुस्तकनै हेरेर पढ्नेछन्, जोशीले भने।गतवर्षको ईमिस प्रणालीमा दर्ता भएको तथ्याङ्कको आधारमा कक्षा ६ मा ४ सय ४१, कक्षा ७ मा ३ सय ९४ र कक्षा ८ मा ४ सय ५ जना विद्यार्थीको लागि भनी पुस्तक प्रकाशित गरिएको जोशीले बताए । 
उक्त कार्यक्रममा कक्षा ८को अन्तिम परीक्षाको समीक्षा समेत गरिएको छ । इमिस प्रणालीमा तीन सय ९८ विद्यार्थी दर्ता भएता पनि परीक्षामा तीन सय ४४ जना विद्यार्थी सहभागी रहेको शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र अधिकारीले बताए । परीक्षामा सहभागी मध्ये एक सय ८१ जना उर्तिण भएका छन् ।उर्तिण हुनेमा ५२.६ प्रतिशत रहेको उनले बताए।परीक्षाको अन्तिम नतिजामा एनजी आउने एक सय ६३ जना रहेका छन् । ३.४० जिपिए भन्दा बढी ल्याउने विद्यार्थीको संख्या भने १५ जना रहेको अधिकारीले बताए । 
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, प्राविधिक सहायक दीपेन्द्र अधिकारी, विद्यालय स्रोत शिक्षक ध्रुवराज विष्ट लगायत विद्यालयका प्रअहरुको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

थप समाचार