१ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ८ सम्म आफ्नो स्थानीय पाठ्यपुस्तक "हाम्रो कैलाश" विद्यालयलाई वितरण गरिएको छ ।विहीबार गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले विद्यालयका प्रध्यानाध्यापकहरुलाई पुस्तक वितरण गरेका हुन् ।
पुस्तक वितरण गर्दै अध्यक्ष मुुक्तानले कैलाशमा रहेका कला संस्कृति, ऐतिहासिक तथा पर्यटकीय विषयवस्तु समेटिएको पुस्तकले बालबालिकामा कैलाशबारे ज्ञान रहने बताए।उक्त पुस्तकमा स्थानीय रहन सहन, जातजातीय, कला संस्कृति, परम्परा लगायत यहाँको भौगोलिक अवस्थाबारे सबै बालबालिकामा थाहा हुने गरी विज्ञबाट पुस्तक तयार पारिएको बताए ।
उनले समग्र कैलाशको शिक्षामा सुधार ल्याउनुपर्ने बताउँदै परीक्षामा धेरै कुरामा ख्याल गर्नुपर्ने बताए । कक्षा ८ को परीक्षा समीक्षा समेत रहेकाले अध्यक्ष मुक्तानले नतिजा अनुरुप शिक्षामा गुणस्तर नभएको देखिन्छ, त्यसतर्फ शिक्षाको क्वालिटीमा सुधार ल्याउन विद्यालय प्रअहरुलाई आग्रह गरेका थिए । भौगोलिक विकटा छ, विद्यार्थी र शिक्षकहरु नै आवतजावतमा समस्या छ, त्यसमा पनि विज्ञान, गणित अंग्रेजी विषयका शिक्षक अभावमै पठनपाठन गराउनुपर्ने हाम्रो बाध्यता रहेको छ, उनले भने ।
गाउँपालिकाले शिक्षामा पर्याप्त लगानी गर्दै आइरहेको गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताए । विद्यार्थीहरु विद्यालयमा टिकाउन हम्मेहम्मे परिरहेको अवस्थामा पनि पालिकामा क्रमिक रुपमा शिक्षामा सुधार हुँदै आइरहेको बताए । शिक्षक अभावकै कारण कतिपय विषयगत शिक्षक बाहेकले पनि अध्यापन गराउँदै आइरहेको अवस्था छ, के गर्न भौगोलिक विकटता छ, शिक्षक आउन्न मान्दैनन्, उपाध्यक्ष मल्लले भने ।
गाउँपालिकाको १० वटा निमावि तथा मावितहका विद्यालय छन् । सोही अनुरुप कक्षा ६, ७ र ८ का विद्यार्थीका लागि हाम्रो कैलाश पुस्तक गत शैक्षिक सत्रबाट पठनपाठन सुरु भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशीले बताए । हामीले गतवर्षबाट सुरु गर्यौं, यसवर्ष पुस्तक पनि प्रकाशन भयो, अब विद्यार्थीले पुस्तकनै हेरेर पढ्नेछन्, जोशीले भने।गतवर्षको ईमिस प्रणालीमा दर्ता भएको तथ्याङ्कको आधारमा कक्षा ६ मा ४ सय ४१, कक्षा ७ मा ३ सय ९४ र कक्षा ८ मा ४ सय ५ जना विद्यार्थीको लागि भनी पुस्तक प्रकाशित गरिएको जोशीले बताए ।
उक्त कार्यक्रममा कक्षा ८को अन्तिम परीक्षाको समीक्षा समेत गरिएको छ । इमिस प्रणालीमा तीन सय ९८ विद्यार्थी दर्ता भएता पनि परीक्षामा तीन सय ४४ जना विद्यार्थी सहभागी रहेको शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र अधिकारीले बताए । परीक्षामा सहभागी मध्ये एक सय ८१ जना उर्तिण भएका छन् ।उर्तिण हुनेमा ५२.६ प्रतिशत रहेको उनले बताए।परीक्षाको अन्तिम नतिजामा एनजी आउने एक सय ६३ जना रहेका छन् । ३.४० जिपिए भन्दा बढी ल्याउने विद्यार्थीको संख्या भने १५ जना रहेको अधिकारीले बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, प्राविधिक सहायक दीपेन्द्र अधिकारी, विद्यालय स्रोत शिक्षक ध्रुवराज विष्ट लगायत विद्यालयका प्रअहरुको उपस्थिती रहेको थियो ।
१० असार, हेटौंडा। मकवानपुरका सबै जसो स्थानीय तहले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। जील्लाको...
१० असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजारको बजेट...
१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ७ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले...
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...
१० असार, हेटौंडा । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने...
१० असार, हेटौंडा । भिजिट भिसाको दुरुपयोग र यससँग जोडिएको मानव तस्करी तथा अनियमितताको बढ्दो गुनासोबीच सरकारले...
१० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले ...
९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...
५ असार, हेटौंडा । मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु भएको छ। महिलालाई देवरले धारिलो...
४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...
७ असार, हेटौंडा । चितवनमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये दुई जनाको पहिचान खुलेको छ। पहिचान...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका...
२८ जेठ, हेटौंडा। कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विभिन्न रोगव्यादीका साथै प्राकृतिक विपद्का...
४ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ बाट ५ जना जुवाडे पक्राउ परेका छन् ।हेटौंडा १६ गौरीटार...
३१ जेठ, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका -१५ डाईभरडाँडामा ब्रेक फेल...
७ असार, भण्डारा । चितवनको डडुवामा यात्रुवाहक बस र ईभी (भ्यान) माइक्रो एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको...