१२ जेठ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको ३ वटा वडाका करिब ९९ घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको छ।
पालिकाको वडा नम्बर ३, ४ र ७ नम्बरमा बसोबास गर्ने ९९ घरधुरीलाई धुँवा रहित सुधारिएको चुलो वितरण गरिएको हो । सोमबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले चुलो हस्तान्तरण गरेका हुन् । गाउँपालिकामा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको सांग्रिला डेभलपमेन्ट एशोसिएसनले तीन वटा वडामा घरधुरी सर्वेक्षण गरेर छनौटमा परेका ९९ घरलाई चुलो प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले सुधारिएको चुलो वातावरण र स्वास्थ्यमैत्री रहने बताए । घरमा भएका साना बालबालिका र जेष्ठनागरिक आमाबाहरुको स्वास्थ्यलाई धुँवाले प्रतिकुल असर पारिरहेको अवस्थामा यी चुलोहरुले स्वास्थ्यमा सहयोग पुग्ने बताए । घरमा लगेर नराख्नुस्, लगेपछि प्रयोग पनि गर्नुस्, अध्यक्ष मुक्तानले भने । अहिले ग्याँस प्रयोगकर्ता पनि छन् तर यी क्षेत्रका धेरै स्थानमा दाउरा नै प्रयोग गर्ने गर्दछन् । अब यस चुलाले धेरै राहत पुग्ने उनले बताए ।
स्वास्थ्य र शिक्षामा सांग्रिलाले धेरै नै लगानी गर्दै आइरहेको गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले बताए । आफ्नो मर्म र भावनालाई आत्मसात् गर्दै जून किसिमको काम गरिरहनु भएको छ, त्यसमा गाउँपालिकाले साथ सहयोग प्रदान गर्ने बताए । उनले चुलो प्रयोग गरेर सक्दो फाइदा लिन स्थानीयलाई आग्रह समेत गरे ।
सांग्रिला डेभलपमेन्ट एशोसिएसनका कार्यक्रम संयोजक मधुसदन राउतको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष देवलाल बल, वडा नम्बर ४ का वडा सदस्य नमराज चेपाङ, कटुञ्जे स्वास्थ्य चौकीका प्रमुख आशाकुमारी गुरुङलगायतको आतिथ्यता रहेको थियो ।
स्वास्थ्य परियोजना अन्तरगत सुधारिएको धुँवा रहित चुलो वितरण गरिएको कार्यक्रम संयोजक राउतले बताए । हामीले घरधुरी सर्वे गर्यौ, प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाएपछि प्राथमिकतामा परेर छनौट भएका ९९ घरधुरीलाई चुलो वितरण गरेका हौं, राउतले भने । उनले लाभग्राहीलाई चुलो राम्रोसँग प्रयोग गर्न आग्रह गर्नुका साथै चुलोबाट फाइदा हुनाले सक्दो उपयोग गर्नु आग्रह गरेका छन् । हामीले पाँच जना प्राविधिकलाई तालिम दिएका छौं, उनीहरुले नै चुलो जडान गर्ने समेत राउतले बताए । चुलो उपयोगले दाउराको कम प्रयोग हुनुका साथै विभिन्न रोगबाट बच्न सकिने बताए । गाउँपालिकासँगको समन्वयमा एशोसिएसनले विभिन्न स्वास्थ्य र शिक्षाका क्षेत्रमा कामहरु गर्दै आइरहेको छ ।
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...








-nepal-1792111426.jpg)









