Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

शैक्षिक सत्र सुरुभएसंगै कैलाशमा विद्यालयहरुको अनुगमन

Screenshot_20250604_18262-1749040948.jpg

२१ जेठ, हेटौंडा । २०८२ सालको शैक्षिक सत्र  सुरु भएसंगै मकवानपुरको कैलाश गाउँपालिकामा  विद्यालयहरुको अनुगमन सुरु भएको छ ।
यस वर्ष शिक्षकहरुको आन्दोलनले बैशाखको तेस्रो साताबाट सुरु भएको शैक्षिक सत्र सत्र सुरु भए लगत्तै गाउँपालिकाले विद्यालयहरुको अनुगमनलाई तीव्रता दिएको हो । पालिकाका स्रोत शिक्षक धुव्र राज विष्टको नेतृत्वमा अनुगमन सुरु गरिएको जनाइएको छ। यसवर्ष पनि विद्यालयहरुको वास्तविक अवस्थाबारे जानकारी लिन अनुगमनको पाटोलाई तीव्रता दिइएको गाउँ शिक्षा समितिका संयोजक एंव गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।    
यो अघिल्लो शैक्षिक सत्रमा पनि सुरु भएको अभियान हो यस वर्षपनि शैक्षिक सत्र सुरु भइसकेको अवस्थामा विद्यालयमा विद्यार्थी र शिक्षकहरुको उपस्थितीका साथै भर्ना अभियानको अवस्थाबारे जानकारी लिनको लागि अनुगमन गरिएको अध्यक्ष मुक्तानले बताएका छन् ।
भौगोलिक विकटताले गर्दा गाउँमा शिक्षक अभाव थियो । पछिल्लो समय शिक्षा सेवा आयोगबाट नयाँ शिक्षकहरु आउनुभएको छ, विद्यालयमा शिक्षकको उपस्थितले विद्यार्थीहरुमा  उत्साह बढेको अध्यक्ष मुक्तानले बताए ।  
गाउँपालिकाका स्रोत शिक्षक ध्रवराज विष्टले कैलाश ३, ४, ९ र १० वडामा अवस्थित विभिन्न तहका १२ वटा विद्यालयको वस्तुस्थिती अनुगमन गरेका थिए । विद्यालयमा नयाँ शिक्षकहरुको आगमनले गर्दा विद्यार्थीहरुमा छुट्टै खालको उत्साह छाएको स्रोत शिक्षक विष्टले बताए । विद्यार्थी संख्या अति न्यून भएका विद्यालयहरुलाई मर्ज गर्नुपर्ने र विद्यार्थी बढी भएका तथा भौगोलिक रुपमा केन्द्रमा रहेका विद्यालयको कक्षा तह वृद्धि गरिनुपर्ने विष्टले बताए ।
अनुगमनको क्रममा विद्यार्थीहरुको समस्यालाई मध्येनजर गर्दै आवासीय विद्यालयको व्यवस्था गरिनुपर्ने अबको आवश्यकता रहेको देखिन्छ । अन्य वडाको अनुगमनको क्रम जारी रहेकाले  गाउँपालिकामा शिक्षा क्षेत्रको विकासमा लगानी भइरहेको अवस्थामा विषयगत शिक्षक दरबन्दी अभावले पठनपाठनमा झनै समस्या देखिरहेको उनले बताए । 
विद्यालयमा विद्यार्थी भर्ना र नियमित उपस्थितीलाई सुनिश्चित गर्न विद्यालय प्रशासन, व्यवस्थापन समिति र सम्बन्धित वडालाई गाउँ शिक्षा समितिले आग्रह गरेको छ । पछिल्लो समय स्थानीय सरकारले कैलाशको विद्यालय शिक्षाबारे विशेष चासो राख्दै विद्यालयहरुको नियमित रुपमा अनुगमन, त्यहाँ भएका समस्या र समस्याको समाधान गर्दै आइरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

थप समाचार