३१ साउन, हेटौंडा । कैलाश गाउँपालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अर्धवार्षिक समीक्षाका साथै दीगो खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीका आधारस्तम्भहरुको विश्लेषण कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको हो ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा ग्रामीण पुनर्निर्माण संस्था(आरआरएन)का जिल्ला संयोजक लीलबहादुर कार्कीले कैलाश गाउँपालिकामा भइगरेका क्रियाकलापबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै आरआरएनका कार्यक्रम व्यवस्थापक निराजन पोख्रेलले दीगो खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीका नौ वटा आधारस्तम्भहरुबारे कार्यपत्र प्रस्तुत गरी आवश्यक छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मुक्तानले भौगोलिक विकटताको चुनौतिका साथ खानेपानी सरसफाई तथा स्वच्छताको क्षेत्रमा काम गरिएको प्रति धन्यवाद व्यक्त गर्दै समूदायमा आधारित रहेर विभिन्न योजना सञ्चालन गर्दै आइरहेको बताए । चेतना अभिवृद्धि सहित योजना तथा कार्यक्रम सञ्चालनले एक घर एक धाराका साथै शौचालय निर्माणले धेरै नागरिकलाई सहजता पुगेको छ । गाउँपालिकाले १३ भन्दा बढी संस्थासँगको साझेदारीमा स्वास्थ्य, शिक्षा, खानेपानी, महिला तथा बालबालिकाको क्षेत्रमा गर्ने सम्झौता भएको उनले बताए ।
कैलाशका नागरिकलाई चेतना अभिवृृद्धि गर्नु चुनौति छ, त्यसलाई चिर्दै घरघर समूदायमा पुगेर सुरक्षित खानेपानी र शौचालय प्रयोग र निर्माणले उनीहरुमा चेतना भएको छ, उनले भने । पालिकाले वास प्लान परियोजनालाई साथ सहयोग गर्ने छ, गुरुयोजना बनाएर अघि बढ्ने छ, खानेपानी ऐन नै निर्माण भएकाले पालिकाभर कार्यान्वयन भइरहेको छ । पालिकाले शौचालय परिचयपत्र जारी भइसकेको अवस्थामा केही वडामा परिचय पत्र वितरण गर्न बाकीँ रहेको अध्यक्ष मुक्तानले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमारख मल्लले गाउँपालिकाले लक्ष्य अनुसार एक घर एक धारा सबै स्थानमा पुर्याउन सकिरहेका छैनौं, यहाँ सँगको साझेदारीमा क्रमिक रुपमा विस्तारै गर्दै गइरहेको बताए । खानेपानी र सरसफाईका क्षेत्रमा पालिकाले सहकार्य र समन्वय गरि अघि बढ्ने बताए । उनले हामी अभिभावकको भूमिका खेल्दै आगामी दिनमा समूदायमा खानेपानी, सरसफाई र शौचालय निर्माणको कार्यमा सहकार्य रहने बताए ।
खानेपानीको प्रमुख सूचक नै सरसफाई हो, त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको जिल्ला संयोजक कार्कीले बताए । उनले कार्यपत्र प्रस्तुत गर्दै कैलाशमा १०७ वटा समूह र दुई हजार तीन सय घरधुरीमा २३ वटा सूचकमा क्रियाकलाप सञ्चालन गरिएको बताए । जसमा भाडाँ सुकाउने मचान ७७.१५ प्रतिशत, हातधुने ठाउँ ७५.८४ प्रतिशत, पानी फिल्टर प्रयोग २६.९६ प्रतिशत, शौचालय सफा भएको ७८.८७ प्रतिशत, गोठ व्यवस्थापन ७९.१६ प्रतिशत, खेर जाने पानीको सुरक्षित ७७.४६ प्रतिशत, कुहिने र नकुहिने फोहोर व्यवस्थापन ७६.९३ प्रतिशत, घरआँगन सफा रहेको ८१.२१ प्रतिशत तथ्याङ्कमा रहेको छ ।
परियोजना अन्तरगत कैलाशमा खानेपानी योजनाको निर्माण र पुर्नस्थापना, खानेपानी गुणस्तर परिक्षण, स्वास्थ्य संस्थामा खानेपानी तथा सरसफाई सुविधा सहयोग, पानी रिचार्ज मुहान संरक्षण, प्राविधिकहरुलाई तालिम, विद्यालयमा खानेपानी आपूर्ति योजनाहरुको निर्माणकार्यहरु गरेका छौं, कार्कीले भने । हामीले गरेका क्रियाकलाप पश्चात विभिन्न उपलब्धी मध्ये, गाउँपालिकाले शौचालय परिचय पत्र जारी र वितरण, गुरु योजना बनाई निर्माण, अनुमोदन र कार्यान्वयन, आनेपानी तथा सरसफाई ऐन २०८१, जारी भएको, वास प्लान निर्माणले गर्दा यस क्षेत्रमा कामगर्न सहयोगी संस्थाको आगमन, ६८२ घरधुरीमा मिटर सहितको एक घर एक धारा निर्माणले गर्दा सुरक्षित खानेपानीको सेवामा पहुँच भएको, १६४ घरधुरीले स्वलगानीमा शौभालय निर्माण गरि प्रयोग भइरहेको हाम्रो उपलब्धी हो, संयोजक कार्कीले भने ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा नं. १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, ३ का कार्यबहाक अध्यक्ष राममाया प्रजा, ६ का वडाध्यक्ष रामबहादुर गोम्बा, ७ का अध्यक्ष उदासकुमार भोलन, ८ का अध्यक्ष आशिष प्रजा, ९ का अध्यक्ष भूवनसिं घलान, १० का अध्यक्ष सुर्यबहादुर ब्लोन, डब्लुएचएचका प्रोजेक्ट कोडिनेटर ऋतु राजभण्डारी, कार्यपालिका सदस्यहरु गाेरीमाया भुलुन र सुन्तली सुनुवार, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा आरआरएनका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









