Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

मुख्यमन्त्री बानियाँले कैलाशका लालकुमारकाे घर बनाउन दिए २ लाख

घर बनाउन गाउँपालिकाले गरेको थियो सिफारिस

Screenshot_20250902_07362-1756777897.jpg

१७ भदौ,हेटौँडा। मुख्यमन्त्रीको सपथ लिएकै दिन आफूले पाउने तलब भत्ताले आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकको घर बनाइदिने घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले  मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाका लालकुमार प्रजा चेपाङको सुरक्षित आवास बनाउन २ लाख सहयोग गरेका छन् ।
कैलाशको विकट वडा नम्बर ४ धुस्राङ निवासी ५० वर्षका लालकुमार केही समयदेखी जीर्ण अवस्थामा रहेको घरमा बस्दै आइरहेका थिए ।
सीमान्तकृत त्यसमा पनि अति विपन्न अवस्थामा रहेका उनी जीर्ण घरलाई बनाउन नसक्दा सोही घरमा असुरक्षित महसुशका साथ बस्दै आइरहेका लालकुमारकाे खरको घर विस्थापित गरि मुख्यमन्त्री बानियाँको घर बनाउन २ लाखको चेक प्रदान गरेका हुन्।२०३२ सालमा जन्मिएका लालकुमारका कुनै सन्तान छैनन्, । उपचार गर्दा सन्तान नहुने भएपछि उनी श्रीमती सँगै बस्दै आइरहेका छन् ।  लालकुमारको २ कट्ठा नम्बरी र करिब ३/४ कठ्ठा ऐलानी जग्गा भोगचलन गरी गाउँमै कृषि पेशा गर्दै आइरहेका छन् । 
उनकी श्रीमती सानुमाया चेपाङ सानै उमेरमा हात जलेर अल्प अपाङ्गताको रुपमा रहेकी छिन् ।  खेतीसँगै  घरमा बाख्रा, कुखुरा पाल्दै आएका उनीहरुलाई सुरक्षित आवास निर्माणका लागि बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ समक्ष कैलाश गाउँपालिकाले सिफारिस पेश गरेको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पत्र बुझाए लगत्तै  लालकुमारको घर निर्माणको लागि मुख्यमन्त्री बानियाँले दुई लाख रकम  प्रदान गरेका छन् । पालिका भित्र सीमान्तकृत समूदाय चेपाङ, जनजाति, अति विपन्नको संख्या धेरै छन् जस मध्ये लालकुमारलाई छनौट गरी घर निर्माणको लागि सिफारिस गरिएको अध्यक्ष मुक्तानले बताएका छन्। 
सन्तान पनि छैनन्, खरको छानो, काठपातले मात्र घेरिएको अवस्था देखियो, जीर्ण अवस्थामा रहेकोले पनि हामीले घर निर्माणका लागि सिफारिस गरेका हौं,  अध्यक्ष मुक्तानले भने । सिफारिस पत्र बुझ्दै मुख्यमन्त्री बानियाँले घर निर्माणको लागि पहिलाे किस्ता स्वरुप दुई लाख  सहयोग  गरेका छन् ।  आफ्नो निर्वाचन क्षेत्रका नागरिक गासवास र कपासबाट बन्चित हुन नपरोस् भन्ने हेतुले सुरक्षित आवासका लागि लालकुमारकाे घर निर्माण गरिने मुख्यमन्त्री बानियाँले बताए  ।
पत्र पेश कार्यक्रममा कैलाश १ का वडाध्यक्ष तेज ब्लाेन, २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, वडा ७ का अध्यक्ष उदास कुमार भुलन, ८ का अध्यक्ष आशिष् प्रजा, ९ का अध्यक्ष भुवन सिं घलान,  कैलाश गाउँपालिकाका नेपाली काङ्ग्रेस वडातहका सभापतिहरुकाे उपस्थिति रहेकाे थियो  ।
यस अघि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका वडा ९ निवासी मिठुमाया सुनार   र राक्सिराङ गाउँपालिका वडा नम्बर १ का सुमनसिं प्रजाको घर निर्माणका लागि आवश्यक  सहयोग गरिसकेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार