२१मंसिर,हेटौँडा।प्रदेश ३ का प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले चुनियाँ,नामटार र कालिकाटार जोडने सडक छिट्टै कालापत्रे गर्ने बताएका छन ।
निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा मकवानपुरको विकट गाउँ कैलाश गाउँपालिका १० स्थित कुमलटारमा शुक्रबार आयोजित निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै बानियाले आगमी चार वर्षभित्र उक्त सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्ने बताएका छन ।
बानियाले सडक निर्माण भएपछि ग्रामीणक्षेत्र सुगम बन्ने र स्वास्थ्यलगायतका सेवामा पहुँच वृद्धि हुने भएकोले पूर्वाधार निर्माणमा आफूले जोड दिएको बताए ।उनले निर्माण व्यवसायीलाई वर्तमान सरकारले अपराधीलाई जस्तै व्यवहार गर्ने गरेको बताउँदै निर्माण व्यवसायीहरुलाई कार्यस्थलमा इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष आनन्दराम पराजुलीले राष्ट्र निर्माण निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै सरकारले निर्माण व्यवसायीमाथि गलत व्यवहार गरिरहेको बताए ।
कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर विष्णुमणि धितालले स्थानियहरुको स्वास्थ्थ परिक्षण गर्दै स्थानीयलाई रोग लुकाएर नराख्न र समयमा उपचार गर्न भन्दै स्वास्थ्य विमा गर्न आग्रह गरेका छन ।
संघका अध्यक्ष श्यामसुन्दर ढकालले संघले सामाजिक उत्तरदायित्वअन्तर्गत निर्माण दिवशका अवसरमा स्वास्थ्य शिविर आयोजना गरेको बताउँदै स्थानीय बासिन्दाको स्वास्थ्य सेवाका लागि आवश्यक थप सहयोग गरिने बताए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष आनन्दराम पराजुली, वरिष्ठ उपाध्यक्ष बालगोपाल कँडेल, कैलाश गाउँपालिका वडा नम्बर १० का अध्यक्ष मानिकलाल मोक्तान र प्रेम सेवा समाजका अध्यक्ष मीरा स्याङ्तानले शिविरको खुलेर प्रशंसा गरेको छन । न्यू त्रिवेणी मेडिकलको सौजन्यमा भएको शिविरमा डाक्टर विष्णुमणि धिताल, डाक्टर आरिफ करिम र डाक्टर राहुल श्रेष्ठसहितको टोलीले स्वास्थ्य शिविरमा स्थानीय दुईसयभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो संघका उपमहाचिव भवनाथ अधिकारीको संयोजनमा भएको स्वास्थ्य शिविरबाट कैलाश गाउँपालिकाको ३, ४, ९ र १० वडाका बासिन्दाहरु लाभान्वित भएको संयोजक अधिकारीले बताए ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



