Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशको केउरेनी-धुसा र पकनी पूर्ण सरसफाई उन्मूख घोषणा

FB_IMG_1749278912993-1749279068.jpg

२४ जेठ, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको दुई वडाको केही स्थानलाई पूर्व सरसफाइ घोषणा गरिएको छ। पालिकाको वडा नम्बर १ को केउरेनी-धुसा र वडा नम्बर ६ का पकनी क्षेत्रका समूदायलाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समूदाय घोषणा गरिएको हो ।

शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले दुबै वडाका समूदायहरुलाई घोषणा गरेका हुन् । 
उनले राज्यको नीति अनुरुप एक घर एक धारा भन्ने छ सोही अनुरुप साझेदारी संस्थाहरुको सहकार्यमा सरसफाई र खानेपानीको क्षेत्रमा प्रत्येकको घरघरमा धारा र सुरक्षित खानेपानीको कार्यलाई तीव्रता दिइएको बताएका छन् । हामीले अन्य वडाहरुमा पनि घोषणा गर्दै आइरहेका छौं, सूचकहरु पुरा भएका अन्य समूदाय घोषणाको तयारीमा समेत रहेको अध्यक्ष मुक्तानले बताएका छन् 
घरघरमा सुरक्षित पानी पुर्याउने लक्ष्य हाम्रो छ, प्राथमिकताको आधारमा खानेपानीको योजनाहरु कार्यान्वयन गर्नेछौं, अध्यक्ष मुक्तानले भने । दीगो विकास लक्ष्यका लागि खानेपानी र सरसफाइको क्षेत्रमा कुनैपनि कसुर नखारी कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरे।

उनले पानीका मुहानको बीमाका साथै संरक्षणका लागि गाउँपालिकाले नीति कार्यक्रम ल्याउने बताए । मुहान संरक्षणमा समूदायको ठुलो हात रहन्छ, हामीले खानेपानी बोर्ड स्थापना गरि पालिकाभर दीगो रुपमा सञ्चालन हुने मुहानको पहिचान गरि संरक्षण गरिने बताए । 
वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर ब्लोनको अध्यक्षतामा भएको कार्यक्रममा केउरेनी-धुसा समूदायको घोषणा गरिएको थियो । उनले घोषणा सँगै धारा र शौचालय सरसफाईमा ध्यान दिदैँ फिल्टर प्रयोग गरेर पानीको प्रयोग गर्न आग्रह गरहेका छन् । हामी छिट्टै मिटर जडान गर्नेछौं, वडाले आगामी दिनमा आवश्यक बजेट समते राख्ने अध्यक्ष ब्लोनले भने । सरसफाईमा वडाले मात्र नभई सिंगो समूदायले पनि साथ सहयोग गरे घोषणाले सार्थकता पाउनेछ । केउरेनी-धुसा टोलमा ७८ घरधुरीमा धारा जडान गरिएको छ । कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर गोम्बा, वडा १ का सदस्यहरु हिराबहादुर घलान, मैयामाया थिङ, सानुमाया मुक्तान, चमेली विक, वडा सचिव नितेशकुमार यादव, आरआरएनका कार्यक्रम संयोजक लिलबहादुर कार्कीलगायतको आतिथ्यता रहेको थियो ।  
त्यस्तै,  वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर गोम्बाको अध्यक्षतामा पकनीका बाहुनगाउँ हट्टेटोललाई घोषणा गरिएको थियो । घोषणासँगै मुहान, पाइप,  धारा, ट्याङ्की संरक्षण, सरसफाइका साथै ममर्त कार्यमा पनि समूदायले चासो राख्नुपर्ने बताए । ८७ घरधुरीमा धारा सहित फिल्टर प्राप्त गरेका छन् आगामी दिनमा अर्को टोललाई यसरी नै सुरक्षित खानेपानीको लागि काम गर्ने अध्यक्ष गोम्बाले बताए ।  कार्यक्रममा वडा १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, वडा ६ का सदस्यहरु शम्भु अर्याल, जीतबहादुर थिङ, पार्वती मुक्तान, क्यूकुमारी सुनार, आरआरएनका कार्यक्रम संयोजक लिलबहादुर कार्कीलगायतको आतिथ्यता रहेको थियो । नेपाल ग्रामीण पुर्ननिर्माण संस्था(आरआरन)को सहजीकरण र डब्लुएचएचको आर्थिक सहयोगमा सञ्चालित वास परियोजना अन्तरगत सरसफाई सत्र कार्यक्रम तथा पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समूदाय घोषणा गरिएको आरआरएनका कार्यक्रम संयोजक कार्कीले बताए । यस अघि कैलाशका विभिन्न वडाका ७ वटा समूदायहरु घोषणा भइसकेका छन् ।

FB_IMG_1749279099798-1749279161.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार