Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा खानेपानीका धारा र ट्याङ्कीको संयुक्त अनुगमन

FB_IMG_1749993759663-1750032612.jpg

२ असार, हेटौंडा।  मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० कोसिराङ घट्टेचौर क्षेत्रमा निर्माण भएका खानेपानीका ट्याङ्की र धाराहरुको संयुक्त अनुगमन गरिएको छ ।

आइतबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, वडा १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, साझेदार संस्था नेपाल ग्रामीण पुनर्निमार्ण संस्था(आरआरएन)का साझेदार निर्देशक डा. सुरेश तामाङ, कार्यक्रम व्यवस्थापक निराजन पोखरेल, कार्यक्रम संयोजक लिलबहादुर कार्की, कोसिराङ घट्टेचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष संवेश सिन्तान लगायतको टोलीले संयुक्त रुपमा अनुगमन गरेका हुन् । 
आरआरएनद्धारा वेल्ट हंगर हिल्फे(डब्लुएचएच)को सहयोगमा सञ्चालित खानेपानी, सरसफाई तथा स्वच्छता प्रणालीको सुदृढिकरण तथा व्यवहार परिवर्तन परियोजना अनुरुप गाउँपालिकासँगको सहकार्यमा ३४ वटा धारा, एक वटा बिपिटी, २ वटा आरबिटि, एक वटा इन्टेक निर्माण गरि खानेपानी घरघरमा पुर्याइएको कार्यक्रम संयोजक लिलबहादुर कार्कीले बताएका छन् । उपभोक्ता समिति गठन गरी तीन महिनामा खानेपानी र सरसफाई सम्बन्धित काम गरिएको उनले बताए । संस्थाको १९ लाख, गाउँपालिकाको ६ लाख र उपभोक्ताको ६ लाख ४२ हजार लागतमा सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको संयोजक कार्कीले बताए । 
अनुगमन पश्चात गाउँपालिका अध्यक्ष मुक्तानले गाउँपालिकाभित्र खानेपानी क्षेत्रमा काम गर्ने विभिन्न साझेदारी संस्थासँग सहकार्य गरेर खानेपानी र सरसफाइको क्षेत्रमा काम गरिने बताए । दीगो विकास  लक्ष्य अनुसार सुरक्षित स्रोत, प्रयोग गरिने स्थानको उपलब्धता र आवश्यकता अनुसार पर्याप्त पानीका स्रोत भएमात्रै घरघरमा पानी लान सकिने बताउँदै  हामीलाई सफा पानी भन्दा पनि सुरक्षित पानी आवश्यक पर्दछ, मानव स्वास्थ्यलाई हानी गर्ने भौतिक, जैविक र रसायनिक पदार्थ नभएको पानी हामीलाई आवश्यक हो, अध्यक्ष मुक्तानले भने । 
उनले निर्माण भएका धारा र ट्याङ्कीहरुको संरक्षण गर्ने उपभोक्ता समितिको जिम्मेवार रहेकाले मुहान दर्ताका साथै समिति पनि दर्ता गर्न आग्रह गरे । सामूहिक कार्यमा सबै लाग्नुपर्छ, सहभागितामूलक कार्यमा मिलेर काम गरे मर्मत तथा संरक्षणमा सबैको दायित्व रहन्छ । खानेपानी र सरसफाईका लागि ठुलो गुरुयोजना बनाएर साझेदारी संस्थासँग सहकार्य गरेर घरघरमा खानेपानी लगिने उनले बताए । 
स्थानीय उपभोक्ता कृष्णमाया सिन्तानले पहिले खोल्साबाट पानी बोकेर ल्याउने गरेको सुनाईन् । हामीले फोहोर पानी खाइरहेका रहेछौं, अहिले घरकै धारामा पानी खस्छ, धेरै सुविधा भयो, उनले भनिन् । 
निर्माण पश्चात यसको संरक्षण, दिगोपना, नियमित प्रयोगका साथै स्वच्छता र सरसफाईमा ध्यान दिनुपर्ने साझेदारी निर्देशक डा. सुरेश तामाङले बताए । विदेशी संस्था र राज्यको लगानी परेको पनि मुहानदेखी पाइप र धारासम्मको संरचनामा विशेष ध्यान दिन आग्रह गरेका छन् । राज्यको नीति नै एक घर एक धारा रहेको छ, खानेपानी मात्र आएर हुन्न, सफा र सुरक्षित पानी आउनुपर्ने र उपभोक्ताले उपभोग गर्नुपर्ने उनले बताए । अनुगमनसँगै स्थानीय उपभोक्तासँग खानेपानी, सरसफाई र स्वच्छताको विषयमा छलफल गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

थप समाचार